सोनाम ल्होसारका अवसरमा गायक लामाले काठमाडौं टुँडिखेलमा प्रस्तुती दिने
२०८१ माघ १५ गते मंगलवार
- २८ सय ६१ औँ सोनाम ल्होसारको अवसरमा माघ १७ गतेका दिन टुँडिखेलमा गायक लामाले आफ्नो व्याण्डसहित एकल सांगीतिक प्रस्तुती दिने कार्यक्रम रहेको छ ।
काठमाडौँ : सोनाम ल्होसारको अवसर पारेर गायक बिजय लामाको राजधानी काठमाडौंमा भव्य सांगीतिक प्रस्तुती हुने भएको छ ।
२८ सय ६१ औँ सोनाम ल्होसारको अवसरमा माघ १७ गतेका दिन टुँडिखेलमा गायक लामाले आफ्नो व्याण्डसहित एकल सांगीतिक प्रस्तुती दिने कार्यक्रम रहेको छ ।
बिजय लामा एण्ड द व्याण्डको प्रस्तुती रहने कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीतहरु ‘नखानु पानी तोङबाको, उँभो उँभो लेकमा म जाँदा, रोसी खोला पारी मेरो मामा, माया है बस्ला रसैले लगायतका एक दर्जन बढी गीतहरु गाउने छन् ।
ल्होसार मूल समारोह समितिको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रमको व्यबस्थापक नमस्ते साउण्ड रहेको छ । यसैबिच टुँडिखेलको कार्यक्रम सकिए लगत्तै भोलिपल्ट नै गायक लामा सांगीतिक प्रस्तुतीका लागि दुबई उड्नेछन् ।
उनले फेब्रअरी १ तारिखका दिन दुबईको क्लब याक एण्ड यती एभरेष्ट बर दुबईमा एकल सांगीतिक प्रस्तुती दिने कार्यक्रम रहेको छ । जसको आयोजक दुबई नेपाली रक्स रहेको गायक लामाले जानकारी दिए ।
लामाले दुबईमा पनि आफ्ना दर्जन बढी गीतहरु गाउनेछन् । पछिल्ला दिनमा सामाजिक काममा पनि व्यस्त गायक लामाले देशभरका गरिब दुःखी र बाबु आमा नभएका असहायहरुका लागि पनि काम गरिरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।